अम्बे स्टिलको फर्नेस आयल ट्यांकीमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

अम्बे स्टिलको फर्नेस आयल ट्यांकीमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति
फाइल तस्बिर

काठमाडौं : बाँकेको जानकी गाउँपालिका-५ बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

बिहीबार दिउँसो उद्योग परिसरभित्र रहेको फर्नेस आयलको ट्यांकीमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको हो। बिहीबार दिउँसो करिब साढे १ बजे दुई लाख लिटर क्षमताको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा विद्युत् लाइन सर्ट सर्किट भएर एक्कासि आगो सल्किएको थियो।

उक्त आगलागी नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा करिब एक घण्टापछि दिउँसो साढे २ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीको घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

कात्तिक ५, २०८३ बिहीबार १२:३७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।