देशभर मौसम सफा रहने, पहाड र हिमालका केही भू-भागमा आंशिक बदली
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार देशका पहाडी तथा हिमाल भू-भागमा आंशिक बदली रही हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
विशेष गरी कोशी र गण्डकी प्रदेशका हिमाल भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ।
त्यसैगरी राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले रातिको समय तथा बिहानीपख तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्न सक्ने जनाएको छ।
कात्तिक ४, २०८३ बुधबार ०८:०५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।