रोहित, दीपेन्द्र र देवको अर्धशतकमा नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।
ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनायो।
नेपालका लागि रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र देव खनालले अर्धशतक बनाए। रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए। ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।
९९ रनमा ३ विकेट गुमेको अवस्थामा रोहित र दीपेन्द्र मिलेर १३९ रनको साझेदारी गरेका थिए। यस्तै करन केसीले ७ बलमा १७ बनाउँदा इशान पाण्डेले २९ रन जोडे।
ओमानका लागि शाह फेसलले ५ विकेट लिए। जय ओडेराले ३ तथा समय श्रीवास्तवले २ विकेट लिए।
जारी शृङ्खलामा नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
तर, तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पुग्ने यात्रामा दबाब थपिएको छ।
कात्तिक २, २०८३ सोमबार १५:५०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।