आज र भोलि काठमाडौंका यी क्षेत्रमा ५ घण्टासम्म बिजुली बन्द हुने

आज र भोलि काठमाडौंका यी क्षेत्रमा ५ घण्टासम्म बिजुली बन्द हुने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आज शनिबार र भोलि आइतबार काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने जनाएको छ।

रत्नपार्क वितरण केन्द्र र काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले फिडरहरूमा प्रिभेन्टिभ मेन्टेनेन्स, ११ केभी एक्सएलपीई केबल जडान र चार्जिङ गर्ने भएकाले आपूर्ति रोकिने भएको हो।

आज शनिबारबार​​​​​​ गैह्रीधारा फिडरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आपूर्ति बन्द हुनेछ।

यसबाट  लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा एरिया, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक एरिया, बालुवाटार, चिनियाँ दूतावास तथा आसपासका क्षेत्र प्रभावित हुनेछन्।

यस्तै हाँडीगाउँ फिडरमा मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म आपूर्ति बन्द हुनेछ।

यसबाट ओम हस्पिटलको अपोजिटदेखि धोबीखोला कोरिडोर हुँदै भत्केको पुलसम्म, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टंगाल एरिया, गहनापोखरी, छातागणेश, प्रहरी हेडक्वार्टर, ज्ञानेश्वर, चारखाल इच्युवान रेस्टुरेन्ट तथा आसपासका क्षेत्र प्रभावित हुनेछन्।

त्यसैगरी भोलि आइतबार कालिकास्थान फिडर अन्तर्गत बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आपूर्ति बन्द हुनेछ।

यसबाट कालिकास्थान वरको बोट हुँदै डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतिदेवी, मैतिदेवी सेतोपुल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल, रातोपुलदेखि सेतोपुलसम्म तथा आसपासका क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले उपभोक्तालाई सम्बन्धित क्षेत्रमा आपूर्ति बन्द हुने समयबारे जानकारी राखेर तयारी गर्न आग्रह गरेको छ। काम सम्पन्न भए तोकिएको समयअघि नै बिजुली सुचारु हुने प्राधिकरणले जनाएको छ।

असोज २४, २०८३ शनिबार ११:१३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।