कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै, साँझ मतदाताको अन्तिम नामावली प्रकाशन

कांग्रेस महाधिवेशन : आजबाट बन्दसत्र सुरु हुँदै, साँझ मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ।

बन्दसत्र सुरु हुनुअघि त्यहाँ पेस गरिने प्रतिवेदनहरू अनुमोदन गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमै बस्दैछ।

बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महामन्त्रीले विधान संशोधन प्रस्ताव र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैबाट सुरु हुनेछ। निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ।

प्रकाशित नामावलीमाथि साँझ ५ देखि ६ः३० बजेसम्म दाबी-विरोधको समय दिइएको छ। प्राप्त दाबी-विरोधमाथि ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरेर आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

असोज १९, २०८३ सोमबार ०७:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।