अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारी कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बन्ने
काठमाडौं : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा उनी केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका हुन्।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको नेतृत्व गरिरहेका तिवारीले आफ्नो पालिकालाई देशभरकै स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय सरकारको रूपमा स्थापित गरेका छन्। सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमध्येका तिवारी युवा व्यवसायी समेत हुन्। सक्रिय राजनीति गर्नु अघि उनले विभिन्न स्टार्टअप, इनोभेसन र लगानी कम्पनीमा नेतृत्वदायी भूमिका पनि निर्वाह गरेका छन्।
पार्टीका विभिन्न मोर्चामा रहेर प्रमाणित गरिसकेकाले १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्य पदका लागि दाबेदारी प्रस्तुत गरेको उनले बताए।
असोज १८, २०८३ आइतबार २०:१५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।