कांग्रेस महाधिवेशन : दुई पूर्वप्रधानमन्त्रीको बीचमा गगन, विश्वको देब्रेपट्टी रविको सिट (तस्वीरहरू)

कांग्रेस महाधिवेशन : दुई पूर्वप्रधानमन्त्रीको बीचमा गगन, विश्वको देब्रेपट्टी रविको सिट (तस्वीरहरू)

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आजबाट सुरु भयो। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट पार्टी सभापतिमा चयन भएका गगनकुमार थापाको नेतृत्वमा विधानबमोजिम यो नियमित महाधिवेशन आयोजना गरिँदैछ।

महाधिवेशनको पहिलो दिन आइतबार काठमाडौंस्थित खुलामञ्चमा उद्घाटन समारोहको आयोजना गरियो। उद्घाटन समारोहको कार्यक्रम महामन्त्री प्रदीप पौडेलले सञ्चालन गरे।

नयाँ नेतृत्व चयनका लागि आयोजित यस महाधिवेशनमा भाग लिन देशभरिबाट सात हजारभन्दा बढी प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। यसअघि केन्द्रीय निर्वाचन समितिले शुक्रबार र शनिबार प्रतिनिधिहरूको नाम दर्ता भइसकेको छ।

​​​​​​

उद्घाटन समारोहमा विभिन्न प्रमुख दलका शीर्ष नेताहरूको उपस्थिति रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र जसपा नेपालका सह-अध्यक्ष शरतसिंह भण्डारी लगायतका नेताहरू उपस्थित भए।

महाधिवेशनमा सभापति गगनकुमार थापा दुई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईको बीचमा बसे भने। सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछाने प्रचण्डभन्दा साइडमा बसे। लामिछानेको देब्रेपट्टी दाहाल र दाहालको देब्रेपट्टी कांग्रेस सभापति थापा थिए। उनको देब्रेपट्टी अर्का पूर्वप्रधानमन्त्री भट्टराई थिए।

महाधिवेशनको उद्घाटनमा पुगेका रास्वपा सभापति लामिछाने, एमाले महासचिव पोखरेल लगायत अन्य सहभागी नेताहरूले हात उठाएर कांग्रेस कार्यकर्तालाई अभिभावदन गरेका थिए।

महाधिवेशनको बन्दसत्र र अन्य नीतिगत छलफलका कार्यक्रमहरू सोमबार र मंगलबार (१९ र २० असोज) हुनेछन्। यस्तै, नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

 

 

असोज १८, २०८३ आइतबार १९:४५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।