कांग्रेस महाधिवेशनमा रवि र प्रचण्ड जाँदा ओली र हर्क गएनन्
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन शत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन्। काठमाडौंको खुलामञ्चमा भइरहेको महाधिवेशनको उद्घाटन शत्रमा अन्य दलका नेतृत्व सहभागी भए पनि एमालेका तर्फबाट भने महासचिव शंकर पोखरेल सहभागी भए।
महाधिवेशनको उद्घाटन शत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सहभागी भएका छन्।
डा बाबुराम भट्टराई, श्रम संस्कृति पार्टीबाट पनि अध्यक्ष हर्क साम्पाङ सहभागी भएनन्। आर्यन राई सहभागी छन्। पार्टीको १५ औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिए पनि उनी सहभागी भएनन्।
संस्थापन इतर समूहमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा शशाङ्क कोइराला पनि महाधिवेशनमा गएनन्। दुवै समूहमा सहभागी नहुने घोषणा गरेका डा शेखर कोइराला र पूर्णबहादुर खड्का पनि महाधिवेशनमा गएनन्।
असोज १८, २०८३ आइतबार १५:३५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।