कांग्रेसको केन्द्रीय महाधिवेशन खुलामञ्चमा सुरु
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह काठमाडौँस्थित खुलामञ्चमा सुरु भएको छ।
उद्घाटन समारोह दिउँसो २ बजेदेखि हुने भनिए पनि केही ढिला गरी सुरु भएको हो।
समारोहको सञ्चालन महामन्त्री प्रदीप पौडेलले गरिरहेका छन्। कार्यक्रम सुरु भइसक्दा पनि खुलामञ्चमा देशभरबाट आएका कांग्रेसका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको आउने क्रम जारी छ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी, जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी, लगायत मञ्चमा पुगिसकेका छन्।
असोज १८, २०८३ आइतबार १५:०६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।