कांग्रेस महाधिवेशन : उद्घाटनमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन?
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी हुने कांग्रेसले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र श्रम संकृति पार्टीका नेता आर्यन राई, लगायत सहभागी हुनेछन्।
कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई पनि निमन्त्रणा गरेको जनाएको छ। देउवा अनुपस्थित रहे सभापति गगन थापाले महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तालिका छ।
असोज १८, २०८३ आइतबार १४:१३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।