कांग्रेसको १५औँ महाधिवेशन व्यवस्थित बनाउन १४ समिति गठन

कांग्रेसको १५औँ महाधिवेशन व्यवस्थित बनाउन १४ समिति गठन

काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित बनाउन पार्टी सभापति गगन थापाको संयोजकत्वमा ‘केन्द्रीय निर्देशन समिति’सहित विभिन्न विषयगत समितिहरू गठन गरेको छ।

महाधिवेशनमा सहजीकरण, समन्वय र महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित विषयमा तत्काल कुनै निर्णय गर्न परेमा त्यसको संयोजन गर्न समितिहरू गठन गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

सभापति थापाको संयोजकत्वमा गठित ‘केन्द्रीय निर्देशन समिति’को सदस्यहरूमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा कोषाध्यक्ष उमेश श्रेष्ठ रहेका छन्। त्यस्तै केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोखरेल र सपना राजभण्डारी रहेका छन्। 

समितिको सदस्य सचिव प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल रहेका छन्। यस्तै, पार्टीको विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप गरिएको दुलालले जानकारी दिए। यसैगरी, महाधिवेशन व्यवस्थापनका लागि गठन भएका अन्य १३ वटा विषयगत समिति निम्नअनुसार छन् :

आर्थिक व्यवस्थापन समिति : संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ
सूचना सञ्चार र प्रविधि समिति : संयोजक प्रवक्ता देवराज चालिसे
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समिति : संयोजक उदयशमशेर राणा
अतिथि स्वागत समिति : संयोजक सहमहामन्त्री डा. डिला संग्रौला पन्त
महाधिवेशन समारोह स्थल व्यवस्थापन समिति : संयोजक काठमाडौं जिल्ला सभापति (सदस्यहरूमा ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला सभापति तथा उपत्यकाभित्रका क्षेत्रीय र नगर सभापतिहरू)
प्रदेश र स्थानीय तहगत समन्वय समिति : संयोजक सहमहामन्त्री बहादुरसिंह लामा
जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समिति : संयोजक सुधीर शिवाकोटी
स्वयंसेवक व्यवस्थापन समिति : संयोजक केन्द्रीय सदस्य गणेश लामा
भोजन व्यवस्थापन समिति : संयोजक केन्द्रीय सदस्य तिलक रानाभाट
आवास व्यवस्थापन समिति : संयोजक केन्द्रीय सदस्य रमेशप्रसाद धमला
स्वास्थ्य समिति : संयोजक केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी
यातायात व्यवस्थापन समिति : संयोजक केन्द्रीय सदस्य विजय बहादुर स्वाँर
सांस्कृतिक-साहित्यिक संयोजन समिति : संयोजक केन्द्रीय सदस्य सिता गुरुङ

असोज ९, २०८३ शुक्रबार २२:४६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।