मोटरसाइकलको टायरमा गोली हानेर समातिए भारतीय नागरिक
काठमाडौं : प्रहरीले बाँकेमा मोटरसाइकलको टायरमा गोली चलाएर एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको नेपालगन्जमा रहेको शाखाबाट खटिएको टोलीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ मा हवाई फायर गरेर २४ वर्षीय नदिम राइलाई पक्राउ गरेको हो।
मंगलबार राति यूपी४०जे०६५७ नम्बरको भारतीय नम्बर प्लेटमा भारतबाट नेपालतर्फ आउँदै गरेका राईलाई रोक्न खोज्दा मोटरसाइकलमा भागेपछि टायरमा दुई राउन्ड गोली हानेर उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट १०३ ग्राम खैरो हेराइन फेला परेको दाबी गरेको छ।
असोज ७, २०८३ बुधबार १०:१४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।