“वर्षा हुन्छ, तर कति पर्छ एकिन छैन”

“वर्षा हुन्छ, तर कति पर्छ एकिन छैन”

काठमाडौं : नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले बङ्गालको खाडीको पूर्वी भूभाग (उत्तर अण्डमान सागर र आसपासको क्षेत्र) मा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा गराउने उल्लेख गरेको छ।

वर्षाबारे विभिन्न अनुमानहरू सार्वजनिक भएपछि आइतबार शाखाले सार्वजनिक सूचना जारी गरेको हो।

वर्षा गराउने भएता पनि वर्षाको जोखिमको स्तर र सम्भावित असरको बारेमा अहिले नै एकिन भने नभएको शाखाले जनाएको छ। विभागले थप सूचना अद्यावधिक गर्दै गए अनुरूप प्राधिकरणले थप जानकारी तथा सतर्कता सम्बन्धी सूचना दिने उल्लेख गरेको छ।

असोज ४, २०८३ आइतबार २०:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।