दुई करोडमा बनेको फिल्म ‘हनुमान अंश’को कमाइ साढे दुई सय करोडको आंकडा नजिक

दुई करोडमा बनेको फिल्म ‘हनुमान अंश’को कमाइ साढे दुई सय करोडको आंकडा नजिक

एजेन्सी : दुई करोड भारतीय रुपैयाँमा निर्माण भएको फिल्म 'हनुमान अंश'ले प्रदर्शनको ३७औँ दिनसम्म आइपुग्दा विश्वव्यापी रूपमा २३६.५० करोड भारु ग्रस कलेक्सन गरेको छ।

डा. विशाल चतुर्वेदी निर्देशित तथा शोभिनव सत्य अभिनीत फिल्मले शनिबार भारत र अन्तर्राष्ट्रिय हलहरूमा दर्शकको बाक्लो उपस्थिति देखियो। 

बक्स अफिस तथ्याङ्क विश्लेषण गर्ने संस्था साकनिल्कका अनुसार शनिबार फिल्मले भारतमा १८.५० करोड भारु कमाइ गर्यो। शनिबार देशभरका ७ हजार ४४९ शोमा औसत ५२ प्रतिशत अकुपेन्सी (सिट भरिएको) रेकर्ड गरिएको थियो। 

नीम करोली बाबाको जीवनमा आधारित यस फिल्मले प्रदर्शनको पहिलो दिन जम्मा १० लाख भारु मात्र कमाएको थियो। तर, ३८ औँ दिन आइतबारसम्ममा फिल्मको कमाइ साढे दुई सय करोडको आंकडा छुन प्रयासरत देखिन्छ।

भदौ २८, २०८३ आइतबार १४:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।