एनभीएलमा मधेश वारियर्सको पहिलो जित, खप्तड सोझो सेटमा स्तब्ध

एनभीएलमा मधेश वारियर्सको पहिलो जित, खप्तड सोझो सेटमा स्तब्ध

काठमाडौं : मधेश वारियर्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) मा आफ्नो पहिलो जित दर्ता गर्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा मधेशले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३-० को सोझो सेटमा पराजित गर्यो। 

यसअघिका तीन वटै खेलमा हार बेहोरेको मधेशले चौथो खेलमा खप्तडलाई २५-२१, २५-२० र २५-२३ को सेटमा हरायो। मधेशले यो जितसँगै चार अंक जोड्यो। यसअघि मधेश सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स र अन्नपूर्ण स्पाइकर किंग्ससँग पराजित भएको थियो।

यता खप्तड फाल्कन्सको भने यो लगातार तेस्रो हार हो। कुनै अंक जोड्न नसकेको खप्तड तालिकाको पुछारमा छ। खप्तड यसअघि सगरमाथा र कर्णाली शिवराजसँग पराजित भएको थियो। अब मधेशले बिहीबार कर्णालीको र खप्तडले बुधबार अन्नपूर्णको सामना गर्नेछन्।

भदौ २३, २०८३ मंगलबार १८:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।