फ्रेन्चाइज युगमा नेपाली भलिबल : काठमाडौंमा सुरु भयो ‘एनभीएल’को पहिलो संस्करण

फ्रेन्चाइज युगमा नेपाली भलिबल : काठमाडौंमा सुरु भयो ‘एनभीएल’को पहिलो संस्करण

काठमाडौं : नेपाली भलिबललाई फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित केडिया ग्रुपको आयोजनामा सञ्चालन हुने नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्स भिडे भने आजै साँझ ७ बजे हुने दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ।

लिगको पहिलो दिनको टिकट बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ।

एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्। 

भदौ १९, २०८३ शुक्रबार १९:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।