भोटेकोशी बाढी : टिचिङ अस्पताल ल्याइएका शवमध्ये २४ जनाको मात्र पहिचान

भोटेकोशी बाढी : टिचिङ अस्पताल ल्याइएका शवमध्ये २४ जनाको मात्र पहिचान

काठमाडौं : भोटेकोशी बाढीमा परी मृत्यु भएका मध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएका २४ शवको पहिचान भएको छ।

बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए।

जसमध्ये हालसम्म पहिचान भएका २४ जनाको शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ। डा चौधरीका अनुसार अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शवका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन गरिएको छ। 

भदौ १९, २०८३ शुक्रबार १४:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।