भोटेकोशी बाढी प्रभावितका लागि अमेरिकाबाट ४० टन आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

भोटेकोशी बाढी प्रभावितका लागि अमेरिकाबाट ४० टन आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं : रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि अमेरिकाबाट ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावितलाई पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो। 

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाइ सहयोग स्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ।

भदौ १७, २०८३ बुधबार १३:४०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।