भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन
सुनसरी : रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् ।
रामधुनी नगरपालिका-५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका-७ का देवनन्दन यादव, रामधुनी नगरपालिका-८ का जीवन सिंह र रामधुनी नगरपालिका-५ का सञ्जित नारायण रहेका छन्।
दुहबी नगरपालिका-४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका-३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका-३ का श्यामनारायण साह, कोशी गाउँपालिका-९ की मीना बजगाईँ, बराहक्षेत्र नगरपालिका-११ मधुवनका छवि केशर काफ्ले, सोही स्थानका मणि करण राई रहेका छन्।
यस्तै, इटहरी उपमहानगरपालिका-१९ का प्रभाकर दङ्गाल (नेपाली सेना, लेस नायक), इनरुवा नगरपालिका-५ का पुष्पराज भट्टराई, रामधुनी नगरपालिका-३ का दिनेशकुमार चौधरी, बराहक्षेत्र नगरपालिका-७ का भुवनबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन छन्।
यसका अलावा सोही वडाकी रविनाकुमारी धामी, इटहरी उपमहानगरपालिका-२० का अमरबहादुर खड्का, सोही वडाकी मनमाया खड्का र बराहक्षेत्र नगरपालिका-४ का मोहन माझीसँग अझैसम्म सम्पर्क कायम भएको छैन।
भदौ १२, २०८३ शुक्रबार ०७:०३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।