‘विधानविपरीतका माग मान्दैनौं, महाधिवेशन रोकिँदैन’

‘विधानविपरीतका माग मान्दैनौं, महाधिवेशन रोकिँदैन’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनमा एकताबद्ध भएर जना आफूहरू तयार रहेको बताएका छन्। त्यसको लागि आफूहरू क्रियाशील सदस्यता छानबिन गर्न तयार रहेको समेत बताए। 

तर, पार्टीको विधान विपरीत राखिएका माग भने सम्बोधन गर्न नसकिने उनले बताए। यदि आफूहरूले विशेष महाधिवेशनपछि सर्वोच्च अदालतबाट आधिकारिकता नपाएको भए पनि चुपचाप महाधिवेशनमा लाग्ने मानसिकतामा रहेको रहेको बताए। तर, पदको लागि बार्गेनिङ नगर्ने उनको दाबी छ। 

"निर्णय आउने दिने उपसभापतिसँग कुरा भयो। त्यो दिन गएको भए सम्मानित अदालतको निर्णयलाई मान्थ्यौँ। हामी भाग माग्ने थिएनौँ," थापाले भने, "चाँडो अधिवेशन होस् भन्थेँ। म सभापतिको उम्मेदवार हो। तपाईंहरूकोबाट को लड्ने हो लड्नुस् भन्थ्यौँ।"

आफूहरूको चाहना नै निष्पक्ष महाधिवेशन गर्नु रहेको उनको भनाइ थियो। अब १५ औँ महाधिवेशनको प्रक्रिया नरोकिने पनि थापाले प्रष्ट्याए। पार्टीमा भेला गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले भेलाका निष्कर्ष नेतृत्वले सुन्नु पर्नेमा जोड दिए। आफू पार्टीको असन्तुष्ट समूहको कुरा सुन्न तयार रहेको उनले बताए। 

“साथीहरू जुटेर गर्नुभएको भेला हो। पारित भएका विषय सुन्छौं, तर पार्टीको आधिकारिक हुँदैन,” थापाले भने, “त्यो हाम्रो पार्टीको आधिकारिक धारणा होइन। हिजो शेरबहादुर देउवा सभापति भएको बेला कैयौं भेला मैले पनि गरेको छु। त्यो भेलालाई त्यसरी नै लिन्छौं। छलफल नेतृत्वमा बस्नेले सुन्नुपर्छ। त्यसैले भेलाको धारणा छ- मैले ध्यानपूर्वक, राम्रोसँग सुनेको छु।”

भदौ १, २०८३ सोमबार १८:५७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।