क्यानडा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने चुडामणी पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका-५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने ३३ वर्षीय चुडामणी रखाल रहेका छन्।
प्रहरीका अनुसार रखालले क्यानडा पठाइदिने विश्वास दिलाएर एक व्यक्तिबाट १ लाख ८५ हजार रुपैयाँ लिई लामो समयदेखि सम्पर्कविहीन बनेका थिए।
पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार भक्तपुरको सूर्यविनायक-२ बाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका रखाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
साउन २९, २०८३ शुक्रबार ०९:०६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।