उपत्यकामा एकैदिन ६४० सवारीसाधन कारबाहीमा, सबैभन्दा धेरै ‘तीव्र गति’ का

उपत्यकामा एकैदिन ६४० सवारीसाधन कारबाहीमा, सबैभन्दा धेरै ‘तीव्र गति’ का

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ४० वटा सवारीसाधन कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, साउन २५ गते बिहान ६ बजेसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै तीव्र गति (ओभर स्पिड) मा सवारी चलाउने चालकहरू कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार तीव्र गतिमा सवारी चलाउने ११०, सिसिटिभीमार्फत निगरानीमा परेका ७०, मापसे गरी सवारी चलाउने ३४, रेड लाइट उल्लङ्घन गर्ने ३४ तथा अनावश्यक हर्न बजाउने २६ सवारी चालक कारबाहीमा परेका छन्।

यसका अलावा लेन अनुशासन नमान्ने ११, सवारीको अवस्था ठीक नभएका ८, वन-वे (एकतर्फी) नियम तोड्ने ३ र अन्य विविध नियम उल्लङ्घन गर्ने ३४४ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

सडक अनुशासन कायम राख्न र दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच कडा पारिएको ट्राफिक प्रहरीले जनाएको छ। साथै, प्रहरीले सम्पूर्ण चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गरी आफू र अरुलाई सुरक्षित राख्न आग्रहसमेत गरेको छ।

साउन २५, २०८३ सोमबार ०८:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।