आज काठमाडौं, बागलुङ र दाङका यी क्षेत्रमा बत्ती जाने (तालिकासहित)

आज काठमाडौं, बागलुङ र दाङका यी क्षेत्रमा बत्ती जाने (तालिकासहित)

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले प्रणाली सुदृढीकरण, मर्मतसम्भार तथा रुखका हाँगाबिँगा कटानका लागि आज शनिबार काठमाडौं उपत्यकासहित बागलुङ र दाङका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा मर्मत कार्यका लागि बत्ती काट्न लागिएको हो।

काठमाडौं उपत्यकाको रत्नपार्क वितरण केन्द्रअन्तर्गत भीमसेनथान फिडरको लाइन बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म काटिनेछ।

यसबाट टेकू, वडा नं. १२ कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, वडा नं. २१ कार्यालय, १२ वर्षे इनार, प्लान्नोक भगवती तथा आसपासका क्षेत्रहरूमा बत्ती जानेछ।

यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रहरूमा मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जानेछ।

त्यसैगरी, दाङको तुलसीपुर वितरण केन्द्रको हापुरे-तुलसीपुर ३३ केभी लाइनमा बिहान ६ बजेदेखि ११ बजेसम्म मर्मतका कार्य गर्नुपर्ने भएकाले दङ्गीशरण गाउँपालिका, तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरू तथा शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा बत्ती जानेछ।

यता बागलुङको बागलुङ वितरण केन्द्र अन्तर्गत बुर्तिबाङ र हटिया फिडर काटेर विद्युत लाइन वरपरका रुखका हाँगाबिँगा काट्न लागिएको छ। जसका कारण धसधसा देखि हरिचौर सबस्टेशनसम्म र गल्कोट नगरपालिकाको सम्पूर्ण क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै विद्युत सेवा पुनः सुचालु गरिनेछ।

साउन २३, २०८३ शनिबार ०७:११:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।