कक्रोच प्रकरणमा कंगना तानिँदा चर्चामा ऋतिकसँगको विवाद

कक्रोच प्रकरणमा कंगना तानिँदा चर्चामा ऋतिकसँगको विवाद

काठमाडौं : बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशनलाई आफू लक्षित भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन्।

कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत कंगनाले सामाजिक सञ्जालमा आफूमाथि हुने दुर्व्यवहारमा आगोमा घिउ थप्ने काम नगर्न ऋतिकको ध्यानाकर्षण गराइन्। ऋतिक र उनकी प्रेमिका सबा आजादको उनले खुसी व्यक्त गरेकी छन्।

कंगनाले लेखेकी छन्, "प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु। तिमीहरू दुवै राम्रो देखिन्छौ। तिमी प्रतिबद्ध सम्बन्धमा छौ र यसरी कुनै महिलालाई जिस्क्याउने वा निशाना बनाउने कुरा तिमीलाई सुहाउँदैन।"

 उनले थपेकी छन्, "मेरो नाम प्रयोग गरेर मलाई दुर्व्यवहार र बुलिङ गर्नेहरूलाई तिमीले रोक्नुपर्छ। आगोमा घिउ थप्ने काम नगर र आफ्नो पार्टनरलाई असहज बनाउने अवस्था सिर्जना नगर।"

सामाजिक सञ्जाल इन्फ्लुएन्सरले ‘संसारले ऋतिक रोशनसँग माफी माग्नुपर्छ’ भन्ने आशयको पोस्ट गरेपछि ऋतिक रोशनले त्यसमा पोस्टमा प्रतिक्रिया जनाएका थिए।

उनले लेखेका थिए, "तपाईंले ‘ए’लाई समर्थन गर्नु केवल ‘बी’ मन नपरेकै कारण गर्नुहुन्छ भने यो हाम्रो समाजमा रहेको ठूलो समस्याको एउटा सानो हिस्सा मात्र हो। सही सन्दर्भ र तथ्यमा आधारित छलफलको प्रतीक्षा गर्नेछु। त्यो नै न्यायपूर्ण हुनेछ।"

पछिल्लो समय विद्यार्थी आन्दोलनसम्बन्धी दिएको टिप्पणीका कारण कंगना चर्चामा छिन्। सामाजिक सञ्जालमा प्रदर्शनका भिडियोहरूलाई आलोचना गर्दै उनले त्यसलाई ‘घृणास्पद’ र ‘असहज बनाउने’ खालको बताएकी थिइन्।

नयाँ पुस्ताको भाषा र व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले टिप्पणी गरेकी थिइन्। केही युवा महिलाले स्वतन्त्र करियर महिलाको जीवनशैली नक्कल गर्न खोजेको आरोप लगाउँदै कंगनाले स्वतन्त्रताको अर्थ जिम्मेवारी लिनु पनि भएको बताएकी थिइन्। त्यसपछि सामाजिक सञ्जालमा कंगनाका पुराना क्लिपहरूका शेयर हुनका साथसाथै मिम्स र ट्रोलको शिकार हुन थालिन्।

सोही विषयमा सवाल जवाफ चलिरहेका बेला कक्रोच जनता पार्टी (सीजेपी)का प्रवक्ता सौरभ दासले आफूलाई साथीहरूले म्यासेज गरेर आजकल कंगना किन तिम्रो पछि लागिरहेकी हुन् ? भनेर सोधिरहेको सुनाउँदै आफू अलिअलि युवा अवस्थाका ऋतिक रोशन जस्तो पो देखिन्छु की भन्ने उनको भनाइ सार्वजनिक भयो। त्यसपछि ऋतिक र कंगनाबीच प्रेम जीवनदेखि विवादसम्मका विषयमा चर्चा हुन थाल्यो। 

सन् २००९ मा ‘काइट्स’ फिल्मको सुटिङका दौरान भेटिएका कंगना र ऋतिकबीच २०१३ मा ‘कृष ३’ को सुटिङका क्रममा प्रेम सम्बन्धमा रहेको चर्चा चल्न थालेको थियो। तर पछि आरोप प्रत्यारोप हुँदै उनीहरूबिचको विवादले कानुनी रूपसमेत लिएको थियो।  

साउन १७, २०८३ आइतबार १४:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।