कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको संयोजक शशांक, भेला ३ दिनसम्म काठमाडौंमा हुने

कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको संयोजक शशांक, भेला ३ दिनसम्म काठमाडौंमा हुने

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका संस्थागत इतर समूहले असोजमा तीन दिन राष्ट्रिय भेला गर्न शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरेका छन्। समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर भेला आयोजक समिति गठन भएको जानकारी सार्वजनिक गरियो।

सार्वजनिक भएको विवरण अनुसार राष्ट्रिय भेलाको संयोजक १३ औँ महाधिवेशनका महामन्त्री शशांक कोइराला छन्। ५ सय ५१ सदस्यीय रहेको आयोजक समितिले असोज २९ देखि ३१ गतेसम्म काठमाडौैंमा राष्ट्रिय भेला आयोजना गर्ने जानकारी दिइयो।

विज्ञप्तिमा राष्ट्रिय भेला गर्नुपर्नाको कारक विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई लगाइएको छ। विज्ञप्तिमा पार्टीलाई सबल र सक्षम बनाउने उद्देश्यले कोइरालाको संयोजकत्वमा पाँच सय ५१ सदस्यीय आयोजक समिति गठन गरेको उल्लेख छ। विज्ञप्तिमा पार्टीभित्र सम्पूर्ण एकताका लागि अनवरत प्रयास र धैर्यता गरे पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको दाबी गरिएको छ।

भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

साउन १६, २०८३ शनिबार १६:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।