पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक
तस्बिर स्रोत : सडक डिभिजन भरतपुर

चितवन : सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड साढे चार घण्टापछि दुवैतर्फ सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा आज बिहान ८:३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा ठप्प बनेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसँगै अहिले १:१५ बजेबाट दुईतर्फी सवारी सञ्चालन गरिएको छ। 

यसअघि ११:१५ बजे नै सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकल पार गराइएको थियो। पहिरो पन्छाउनका नारायणगढबाट लोडर, स्काभेटर र व्याक हु तथा मुग्लिनबाट पनि लोडर प्रयोग गरिएको थियो। 

पहिरो पन्छाएसँगै सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढिसकेको प्रहरीले जनाएको छ। 

साउन १२, २०८३ मंगलबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।