पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिकै आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडकमा थुप्रिएको पहिरो पन्छाउने काम तत्काल सुरु गरिसकिएको छ। पहिरो हटाई यातायात पुनः सञ्चालन गर्न कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

साउन १२, २०८३ मंगलबार १०:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।