गुरुराज घिमिरेका दुई पुस्तक विमोचनमा गगन थापाले भने : ‘१० वर्ष सत्ताका लागि गलत अभ्यास भयो’

गुरुराज घिमिरेका दुई पुस्तक विमोचनमा गगन थापाले भने : ‘१० वर्ष सत्ताका लागि गलत अभ्यास भयो’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा व्याप्त विकृतिका कारण समाजमा गहिरो ढंगले पैदा भएको असन्तुष्टि नेतृत्वले समयमै बुझ्न नसके जुनसुकै बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।

कांग्रेस महामन्त्री गुरुराज घिमिरेका कृतिहरू ‘बुद्ध, बिपी र आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको सार्वजनिक कार्यक्रममा थापाले विगत १० वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भएको बताए।

त्यस समयमा नेपालको राजनीतिकमा तानातान र सत्ता र शक्तिको लागि गलत ढङ्गको अभ्यास भएको उनको दाबी छ। “त्यो दशकमा सत्ता र शक्ति प्राप्त गर्नका लागि जुनसुकै काम पनि तिलाञ्जली दिने काम भयो,” उनले भने, “विगतको कालो दिनलाई बिर्सेर नयाँ बाटोबाट अघि बढ्नुपर्ने बेला आएको छ।” 

थापाले नेपाली कांग्रेस जुन मूल्यमान्यता र सिद्धान्त अनुसार नै अघि बढ्ने बताए। “कुनै बेला गणेशमानज्यूले लौरो लिएर सडकमा उत्रिँदा सबै काठमाडौंवासी जुरुक्क उठ्ने गर्नुहुन्थ्यो”, उनले भने, “अहिले कांग्रेस समय सान्दर्भिक पार्टी भएकाले फेरि जुर्मुराउने आशासहित अघि बढ्नका लागि आह्वान गर्दछु।”

साउन ५, २०८३ मंगलबार १९:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।