अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २७ सय जनाको मृत्यु

अत्याधिक गर्मीका कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब २७ सय जनाको मृत्यु

एजेन्सी : अत्यधिक गर्मीको लहर (हीटवेभ) का कारण इङ्ग्ल्याण्ड र वेल्समा करिब दुई हजार सात सय जनाको मृत्यु भएको एक बेलायती अध्ययनले देखाएको छ। 

इम्पेरियल कलेज लन्डन, मेट अफिस र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनले संयुक्त रूपमा गरेको एक अध्ययनले सो तथ्य उजागर गरेको हो।

अनुसन्धानकर्ताहरूका अनुसार मे र जुन महिनामा आएको हिटवेभको समयमा अत्यधिक तातो तापक्रम र त्यससँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण ठुलो संख्यामा मानिसहरूले ज्यान गुमाउनु परेको हो।

इम्पेरियल कलेज लन्डनकी मौसम तथा जलवायु परिवर्तन अनुसन्धानकर्ता क्लेयर बान्र्सले बेलायत अहिले निकै खतरनाक स्तरको गर्मीको चपेटामा परेको चेतावनी दिएकी छन्।

बान्र्सले चेतावनी दिँदै भनिन्,‘अहिलेको तापक्रम केवल वृद्धवृद्धा वा दीर्घरोग भएका व्यक्तिहरूका लागि मात्र चिन्ताको विषय रहेन। अब सामान्य मानिसहरूको स्वास्थ्यका लागि पनि वास्तविक जोखिम बनेको छ।’ 

अनुसन्धानले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तनले यस्तो गर्मीका लहरलाई उल्लेखनीय रूपमा तीव्र बनाएको र त्यसका कारण मृत्युको जोखिम पनि बढेको देखाएको छ।

असार ३०, २०८३ मंगलबार १८:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।