‘वेलकम टु द जंगल’को सफलतापछि सुनील शेट्टी उत्साहित
एजेन्सी : फिल्म ‘वेलकम टु द जंगल’ले सकारात्मक प्रतिक्रिया पाएपछि अभिनेता सुनील शेट्टीले त्यसको मुख्य जस निर्देशक अहमद खानको ‘भिजन’ र कलाकारहरूको सामूहिक मेहनतलाई दिएका छन्।
उनले यस वृहत् परियोजनालाई सफलतापूर्वक अगाडि बढाएकोमा निर्देशक अहमद खानको दूरदृष्टि र कुशल नेतृत्वको प्रशंसा गरे।
सञ्चारकर्मीसँगको कुराकानीमा शेट्टीले फिल्मप्रति दर्शकले देखाएको आकर्षणले आफूलाई थप ऊर्जा प्रदान गरेको उल्लेख गरे।
धेरै चर्चित कलाकारहरू आबद्ध भएको विशाल टोलीलाई प्रभावकारी रूपमा समन्वय गर्नु चुनौतीपूर्ण कार्य भएको र निर्देशक खानले उक्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको उनको दाबी छ।
शेट्टीले आफ्नो लोकप्रिय ‘येडा अन्ना’ पात्रको विशेष मुद्रा (पोज) बारे रमाइलो ठट्टा समेत गरे। आफ्नो अभिनय यात्राभर एक्सन, कमेडी र भावनात्मक भूमिकामा सन्तुलित प्रस्तुति दिँदै आएका शेट्टी पनि हिन्दी फिल्म उद्योगका लोकप्रिय कलाकारमध्ये एक हुन्।
असार १६, २०८३ मंगलबार २०:११:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।