ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
बागमती : कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–३ का ३० वर्षीय दलबहादुर बर्तोला रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरमा निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका सामग्री लिएर त्यसतर्फ गइरहेको ट्रक गएराति दुर्घटना भएको हो।
खोलामा डुबेको ट्रक यान्त्रिक सहायताबाट गएराति नै निकालिएको थियो। चालकको शव चालक सिटमा नै भेटिएको उनले जानकारी दिए। ट्रकका सहचालकले भने दुर्घटनाअगावै ट्रकबाट हामफालेर ज्यान जोगाएका थिए।
जेठ १७, २०८३ आइतबार १०:२०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।