लागूऔषधसहित २६ जना पक्राउ

लागूऔषधसहित २६ जना पक्राउ

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार   काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद रु २० हजारसहित दुई र बझाङको केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट ब्राउनसुगरसहित तीन, सल्ल्यानको बागचौर नगरपालिका-२ खरिबोटबाट ब्राउनसुगरसहित एक, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट खैरो हेरोइन बोकेका दुई जनालाई एउटा डिजिटल तराजु र नगद रु १२ हजार ७१० सहित शुक्रबार पक्राउ गरिएको हो।

यसैगरी मोरङ, बेलबारी नगरपालिका-१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन्। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ अमहवाबाट एक, मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट दुई, बर्दिया, गुलरिया नगरपालिका-८ थपुवाबाट चार, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ छेपारेबाट एक, चितवनको खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट एक र सर्लाहीको ईश्वरपुर नगरपालिका-८ रामपुरबाट ५५ किलो गाँजासहित एक जनालाई शनिबार पक्राउ गरिएको हो। 

जेठ १७, २०८३ आइतबार ०९:१९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।