तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा ७८ वर्षीय पैदलयात्री सम्मरबहादुर रानाभाट रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा रानाभाटलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका रानाभाटलाई तत्काल उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ १६, २०८३ शनिबार १८:२०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।