पूर्वप्रधानमन्त्री दाहाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री दाहाल अस्पताल भर्ना

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

अध्यक्ष प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि सामान्य रुघाखोकी र ज्वरो आएको थियो।

आचार्यले उकेरासँग भने, ‘सुरुमा चिकित्सकको सल्लाहअनुसार घरमै औषधि सेवन गरिरहनुभएको थियो। स्वास्थ्यमा सुधार नभएपछि अस्पताल लगेर थप परीक्षण गर्दा निमोनिया देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएको हो।’

स्वास्थ्य अवस्था कमजोर भएकै कारण अध्यक्ष प्रचण्ड शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको मूल समारोह र सङ्घीय संसद्‌मा प्रस्तुत बजेट भाषणको विशेष कार्यक्रममा समेत अनुपस्थित थिए।

हाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकहरूको टोलीले उनको स्वास्थ्यको निरन्तर निगरानी गरिरहेको छ।

जेठ १६, २०८३ शनिबार १२:४४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।