राष्ट्रिय सुरक्षा नीति पुनरावलोकन गरिने : सेनाको आवासलाई २ अर्ब, अपराध अनुसन्धान र विधिविज्ञानमा एआईको प्रयोग
काठमाडौं : सरकारले आउँदो आर्थिक वर्षमा राष्ट्रिय सुरक्षा नीति २०७५ को पुनरावलोकन गर्ने तयारी गरेको छ।
साथै नेपाली सेनाको जवानहरूको आवास स्तरउन्नतिको लागि २ अर्ब विनियोजन गरिएको छ। साथै, ऐतिहासिक गढी र किल्ला संरक्षण गरी सरकारले पर्यटन क्षेत्रमा जोड्ने योजना बनाएको छ।
सरकारले नेपाल प्रहरीलाई आधुनिक बनाउने योजना ल्याएको छ। जसमा नेपाल प्रहरीलाई एआईको प्रयोग गरी गर्ने योजना सरकारले बनाएको छ।
सरकारले विधीविज्ञान प्रयोगशाला, अनुसन्धान एआईको प्रयोग तथा भौतिक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ।
जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि निवृत्तिभरण सुरु हुने अवधिको विद्यमान अन्तर पुनरावलोकन गर्ने तयारी सरकारले गरेको छ भने सशस्त्र प्रहरीलाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेट व्यावसायिक फोर्सको रूपमा विकास गर्ने तयारी गरेको छ।
साथै, सरकारले आउँदो आर्थिक वर्षबाट कारागारको सुधार गरी खुल्ला कारागारको बनाइने र सुधार गृहको रूपमा लग्ने योजना बजेटमा समेटेको छ।
त्यसैगरी सरकारले विपत प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकासको गर्ने योजना ल्याएको छ भने विपत पश्चात् राहतको क्षतिपूर्ति, लगायतका उपकरणहरूको विस्तार गर्ने योजना ल्याएको हो।
जेठ १५, २०८३ शुक्रबार १८:३२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।