अर्थतन्त्रलाई गतिशील बनाउन करका दरहरूमा पुनरावलोकन गरेको घोषणा

अर्थतन्त्रलाई गतिशील बनाउन करका दरहरूमा पुनरावलोकन गरेको घोषणा

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्‌मा प्रस्तुत गर्दै राज्यको सेवा प्रवाहमा सुधार, निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि र नागरिकको भरोसालाई सुदृढ बनाउने लक्ष्य सार्वजनिक गरेका छन्।

बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वाग्लेले उद्यम व्यवसायलाई राहत प्रदान गर्न र मध्यम वर्गको दायरा विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरहरूमा वृहत् पुनरावलोकन गरिएको बताए।

बजेटमार्फत आम नागरिकलाई राहत दिने उद्देश्यले आयकर छुटको सीमालाई दोब्बर बनाइएको छ। "करको बोझ घटाउन व्यक्तिगत आयकरको छुटको सीमालाई वृद्धि गरी १० लाख रुपैयाँ पुर्याएको छु," अर्थमन्त्री वाग्लेले भने।

यसअघि कायम रहेको व्यक्तिगत आयकरको बिन्दुलाई समेत १० प्रतिशतले घटाइएको उनले बताए।  

जेठ १५, २०८३ शुक्रबार १६:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।