सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत

काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। सङ्घीय संसद्को संयुक्त बैठकमा उनले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो। जसमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो। यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो।

जेठ १५, २०८३ शुक्रबार १६:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।