असोज ९ गतेबाट हलमा धिरज र मिरुनाको ‘कुस्ती’
काठमाडौं : आगामी असोज ९ गतेबाट अभिनेता धिरज मगर र मिरुना मगरको ‘कुस्ती’ हलमा चल्ने भएको छ। निर्माण टिमले सोमबार धिरज र मिरुनाको कुस्तीको समय सार्वजनिक गरेको हो।
अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको यो कुस्तीमा धिरज र मिरुनका अलावा पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू,अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतको पनि सहभागी रहनेछ। यसअघि मिरुना र धिरजले फिल्म ‘मैझारो’मा अभिनय गरेका थिए।
यस फिल्ममार्फत दिकिला शेर्पाले अभिनेत्रीका रूपमा डेव्यु गरेकी छन्। उनी यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी थिइन्। त्यस्तै उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्। दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चर्चामा आएकी थिइन्।
काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस फिल्मले भावनात्मकताको कथा बोल्छ। साथै यो फिल्मले दर्शकलाई हँसाउने निर्माण पक्षको भनाई छ।
फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत रहेको छ। साथै यस फिल्मको कलर करेक्सन रेनिश फागोको छ भने शैलेश श्रेष्ठ र रोहित शाक्यको पाश्र्व सङ्गीत सुन्न सकिनेछ।
फिल्मका गीतमा शिशिर खातीको नृत्य निर्देशन रहेको छ। डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस डिजाइन आइआइएफटी (धीरज एण्ड मिरुना)ले गरेका हुन्। यस फिल्मको वितरण काठमाडौंमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्दैछ भने मोफसलमा एफडी कम्पनीले गर्नेछ।
वैशाख २१, २०८३ सोमबार १६:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।