'नयाँ जति असल, पुरानो जति थोत्रो' भन्ने भाष्य खतरनाक : सभापति गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पुरानो हुनु भनेको खराब र थोत्रो हो भनी समाजमा स्थापित गर्न खोजिएको भाष्य गलत र खतरनाक भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।
सभापति थापाले भने, "समाजमा जे पुरानो छ त्यो थोत्रो र जे नयाँ छ त्यो असल भन्ने भाष्य हेर्दा सरल लागे पनि निकै खतरनाक छ। यसले पुरानोसँग भएको अनुभवलाई मेटाइदिन्छ। यदि सिंगो समाजले नै यो भाष्यलाई स्वीकार गर्ने हो भने हाम्रो परम्परा र इतिहास नै संकटमा पर्छ।"
अर्को प्रसंगमा उनले नेपाली कांग्रेसको सारा समय आन्तरिक विवाद मिलाउनमै खर्च भइरहेको जस्तो देखिए पनि अहिले कांग्रेसको मुख्य प्राथमिकता राष्ट्रप्रतिको जिम्मेवारी हुनुपर्ने बताए।
सभापति थापाले सरकार जत्तिकै प्रतिपक्षको पनि दायित्व हुने उल्लेख गर्दै प्रतिपक्ष अलिकति मात्र चुक्यो भने लोकतन्त्र नै खतरामा पर्ने भनाइ राखे।
वैशाख १९, २०८३ शनिबार १८:०९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।