बुद्ध जयन्तीको अवसर पारेर फिल्म ‘अक्षरा’को शुभ मुहूर्त
काठमाडौं : मजदुर तथा बुद्ध जयन्तीको दिन पारेर फिल्म ‘अक्षरा’को शुभ मुहूर्त गरिएको छ। शुक्रबार निर्माण टिमले गुहेश्वरी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेको हो। उक्त कार्यक्रममा अधिकांश कलाकारहरूको उपस्थिति रहेको थियो।
बिनयराज पौडेलको निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा सुशील सिटौला, न्यान्सी खड्काको जोडी बाधिने भएको छ। सुशील नेपाली फिल्ममा जमिरहेका कलाकार हुन् भने न्यान्सीले यसअघि फिल्म ‘१२ गाउँ’ र हालै अनमोल केसीको फिल्म ‘बाटुलो जुन’मा अभिनय गरिसकेकी छन्।
उनको त्यहाँ सहायक भूमिका रहेको थियो भने यसमा मुख्य भूमिका छन्। उनी सोलो हिरोइन रहेको उक्त कार्यक्रममा न्यान्सीले जानकारी दिइन्। फिल्ममा सुशील र न्यान्सीका अलवा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ।
फिल्मको मुहूर्तमा भने रिस्ता अधिकारी र सृजना अधिकारी उपस्थित भएका देखिएनन्। फिल्ममा दुई बालकलाकार रोनक खड्का र प्रीसा ढुंगानाले पनि अभिनय गर्दै छन्। क्षित बाबू प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा गीत सुरेन्द्र रानाको रहनेछ भने संगीत कर्णराज गिरीको हुनेछ। फिल्मका गीतको कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् भने द्वन्द्व निर्देशन शंकर महर्जनको रहनेछ।
कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन्। पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन् भने फिल्मको छायांकन दिपेन बस्न्यातको रहने छ। यस फिल्मको वितरण नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले गर्नेछन्। मुख्य सहायक निर्देशक दिवस बोहरा र सहायक निर्देशक मनोज बोहोरा रहेका छन्। सम्पादनमा गौतमराज खड्का रहेका छन्। फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण निर्माणको भनाई छ।
वैशाख १८, २०८३ शुक्रबार १६:०५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।