जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा

जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

शुक्रबार १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकार: समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा यहाँ आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए। 

लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे। नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

वैशाख १८, २०८३ शुक्रबार १९:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।