काठमाडौंमा एकैदिन २९ सय चालक कारबाहीमा, २५ लाख बढी राजस्व संकलन
काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ९०३ जना सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा कुल २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो।
वैशाख १२, २०८३ शनिबार ११:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।