पाकिस्तानको केन्द्रीय बैंकमा साउदी अरबले राख्यो १ अर्ब डलर

पाकिस्तानको केन्द्रीय बैंकमा साउदी अरबले राख्यो १ अर्ब डलर

एजेन्सी : पाकिस्तानको केन्द्रीय बैंक (स्टेट बैंक अफ पाकिस्तान)मा साउदी अरबको वित्त मन्त्रालयले १ अर्ब अमेरिकी डलर राखिदिएको छ।

बैंकले आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै सो रकम २० अप्रिल २०२६ मा आफ्नो खातामा जम्मा भएको पुष्टि गरेको हो।

यो रकम साउदी अरब र पाकिस्तानबीच हालै भएको ३ अर्ब डलरको सम्झौताअन्तर्गतको दोस्रो किस्ता हो। यसअघि १५ अप्रिल २०२६ मा पहिलो किस्ताबापत २ अर्ब डलर पाकिस्तानले प्राप्त गरिसकेको छ।

विदेशी मुद्रा सञ्चितिको चरम अभाव र आर्थिक दबाब झेलिरहेको पाकिस्तानका लागि यो सहयोग निकै महत्त्वपूर्ण मानिएको छ।

साउदी अरबले पाकिस्तानमा रहेको आफ्नो ५ अर्ब डलरको निक्षेप सुविधालाई थप तीन वर्षका लागि लम्ब्याउनुका साथै अलगै ३ अर्ब डलर थप सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।

वैशाख ८, २०८३ मंगलबार ११:३०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।