बुधबारसम्म सम्झौता नभए इरानमाथि पुनः बमबारी सुरु हुने ट्रम्पको चेतावनी

बुधबारसम्म सम्झौता नभए इरानमाथि पुनः बमबारी सुरु हुने ट्रम्पको चेतावनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेले अमेरिका–इरानबीच सम्झौता नभए पुनः बम आक्रमण सुरु गर्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्पले यदि आगामी बुधबारसम्म अमेरिका र इरानबीच कुनै सम्झौता हुन सकेन भने 'बम खसाल्न सुरु गर्ने' बताएको अलजजिराले उल्लेख गरेको छ। 

पत्रकारको ‘के तपाईँ युद्धविराम अवधि बढाउनुहुन्छ?’ प्रश्नको  जवाफमा उनले भने, ‘सायद म यो भन्दा अगाडि बढाउने छैन। तर नाकाबन्दी जारी रहन्छ। अपसोच के छ भने हामीले फेरि बमबारी सुरु गर्नुपर्ने हुन्छ।’

उनले दुवै देशबीच दीर्घकालीन सहमति नभएसम्म इरानका बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी पनि जारी रहने स्पष्ट पारे।

अमेरिका र इरानबीच जारी दुई साताको युद्धविराम आगामी बुधबार समाप्त हुँदैछ। यही बीचमा पाकिस्तानमा भएको वार्ता असफल भएको थियो।

मध्यपूर्वमा तनाव बढिरहेका बेला ट्रम्पले युद्धविराम समेत लम्ब्याउन नसक्ने संकेत दिएका छन्। वार्ता सफल नभए सैन्य कारबाही पुनः सुरु हुन सक्ने उनको भनाइ छ।

यता इरानले पनि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'होर्मुज स्ट्रेट' फेरि आफ्नो पूर्ण नियन्त्रणमा लिन सुरु गरेको जनाएको छ।

वैशाख ५, २०८३ शनिबार १६:४९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।