छुरी हानेर हत्या गर्ने तीन जना पक्राउ
काठमाडौँ : घाँटी र ढाडमा चक्कु हानेर हत्या गरी फरार रहेका तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँले जितेन्द्र साहको हत्या आरोपमा सोमलाल गोपाली, मनोज दोङ तामाङ र साहिल गोपालीलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार २०७८ असार २० गते बेलुका चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोटमा महोत्तरी जलेश्वरका साहलाई तीन जनाले चक्कुले घाँटी र ढाडमा प्रहार गरी सख्त घाइते बनाएका थिए।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकोमा असार २१ गते उनको मृत्यु भयो। प्रहरीले साहको हत्यामा संलग्न रहेकाहरूको खोजी गर्दा २४ घण्टाभित्रमा तीनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका सोमलाल र साहिल बाबुछोरा हुन्।
असार २२, २०७८ मंगलबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।