बिहीबार ०७ साउन, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ मा
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरि उक्त कुराको जानकारी दिए। बैठकको मुख्य एजेन्डा पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा छलफल हुने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीका कारण बैठक बस्न सकेको थिएन।
कात्तिक १३, २०७७ बिहीबार १३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।