अब महोत्सवमा पनि एक्ट्रिम : सुदूरपश्चिम महोत्सवको टाइटल स्पन्सर, एक्ट्रिम किन्दा टिकट फ्रि

अब महोत्सवमा पनि एक्ट्रिम : सुदूरपश्चिम महोत्सवको टाइटल स्पन्सर, एक्ट्रिम किन्दा टिकट फ्रि

काठमाडौँ : खेल, संगीत लगायतको महत्वपूर्ण आयोजनामा स्पन्सर गर्दै आएको एक्ट्रिम इनर्जी ड्रिक्स सुदूरपश्चिम महोत्सवको टाइटल स्पन्सर बनेको छ। एक्सट्रिमले यसपटक सुदूरपश्चिमको सांस्कृतिक तथा व्यापारिक उत्सवमा आफ्नो सहभागिता जनाएको हो। 

महोत्सवको टाइटल स्पन्सरका लागि एक्सट्रिमको उत्पादक कम्पनी एग्रो थाई फुड्स र आयोजक कैलाली उद्योग वाणिज्य सङ्घबीच हस्ताक्षर भएको छ।

यस वर्षको सुदूरपश्चिम महोत्सव २०८३ मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा आयोजना हुनेछ। महोत्सव ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको हो।

महोत्सवमा एक्सट्रिम इनर्जी ड्रिङ्क खरिद गर्ने दर्शकले निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ। स्थानीय प्रतिभाको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, व्यापारिक प्रदर्शनी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिले महोत्सवलाई विशेष बनाउँदै आएका छन्। 

यस वर्ष महोत्सवसँगै ‘सडक महोत्सव’ समेत सञ्चालन गरिने भएको छ। दुवै महोत्सवको आयोजनामार्फत यस वर्षको उत्सवलाई थप आकर्षक, भव्य र सहभागितामूलक बनाउने लक्ष्य आयोजकले राखेको छ।

मंसिर १३, २०८३ आइतबार १८:५१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।