नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टले प्रायोजन गर्ने

नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टले प्रायोजन गर्ने

काठमाडौँ : नेपालको पावरलिफ्टिङ क्षेत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि शिवम् सिमेन्टले प्रायोजन गर्ने भएको छ।

सन् २०१७ देखि निरन्तर पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न प्रतिष्ठित प्रतियोगिताहरूमा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आइरहेका छन्। उनले सन् २०२५ मा वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। २०२४ मा एनवाईएफसी क्लासिकमा समेत उनले स्वर्ण पदक जितेको शिभम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले दुबई नेशनल रेकर्ड तथा विभिन्न प्रतियोगिताहरूमा अन्डर ८३ केजीदेखि मेन्स १२० केजी पावरलिफ्टिङ क्लाससम्म उत्कृष्ट प्रदर्शन गर्नुका साथै नेपाली यूथ फिटनेस एन्ड क्यालिस्थेनिक्स द्वारा आयोजित विभिन्न प्रतियोगिताहरूमा निरन्तर सफलता हासिल गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

मंसिर १३, २०८३ आइतबार १८:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।