हेटौँडामा घरको भर्याङबाट लडेर महिलाको मृत्यु
हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८, कमानेमा आफ्नै घरको भर्याङबाट लडेर एक महिलाको मृत्यु भएको छ।
कात्तिक ३० गते साँझ करिब ६ बजे घरको माथिल्लो तलाबाट तल्लो तला झर्ने क्रममा भर्याङबाट लड्दा करिब ५८ वर्षीया यममाया राईको ज्यान गएको हो।
भर्याङबाट लडेर घाइते भएकी राईलाई आफन्तहरूले तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्याएका थिए। अस्पतालमा ईसीजी जाँचका क्रममा साँझ ६:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
मंसिर १, २०८३ मंगलबार ०९:४१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।