एनपीएलको टिकट दर सार्वजनिक, कति-कति छ मूल्य?
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलहरूको टिकट मूल्य निर्धारण गरेको छ।
क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लिग चरण, इलिमिनेटर तथा फाइनल खेलको टिकट दर सार्वजनिक गरेको हो।
विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारणतर्फ रु ५०० र प्रिमियमतर्फ रु १,००० टिकट मूल्य तोकिएको छ।
त्यस्तै, प्रतिस्पर्धात्मक मानिने इलिमिनेटर तथा फाइनल खेलका लागि भने साधारणतर्फ रु १,००० र प्रिमियमतर्फ रु २,००० निर्धारण गरिएको छ।
दर्शकहरूले खेल हेर्नका लागि बिहीबार बेलुकी ८ बजेदेखि डिजिटल वालेट ‘इसेवा’ मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
कात्तिक ५, २०८३ बिहीबार १९:४६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।